Header Ads Widget

Responsive Advertisement

दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् ।

 तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका , लमही नगरपालिका , गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गर्दै बिक्रीमा रोक लगाएका हुन् ।

राप्ती गाउँपालिकाले प्राकृतिक फूलको बजारीकरणमा सहजताका लागि पालिकाभित्र फूल खेती गरेका किसानको नाम , ठेगाना र सम्पर्क फोन नम्बर समेत सार्वजनिक गरेको छ।
यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फूलमाला बजारमा देखिएका छैनन् । स्थानीय सरकारकाे याे व्यवस्थाले फूल खेती गर्दै आएका किसान खुसी भएका छन् । दाङमा यसवर्ष करिब २२ बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ ।

Post a Comment

0 Comments