Header Ads Widget

Responsive Advertisement

तेक्वान्दो टोली मकाउ प्रस्थान

काठमाडौँ —तेक्वान्दो ग्रेटर वे कप अन्तर्राष्ट्रिय सिरिजमा भाग लिन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार मकाउ गएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार बिदाइ गरेका हुन् ।



भदौ ८ र ९ मा हुने प्रतियोगिताको पुरुष ६८ केजीमुनि डेनिड विक र विमल रोकाया, ८० केजीमुनि सुरज कार्की, ३६ केजीमुनि असिम श्रेष्ठ तथा ४७ केजीमुनि र एकल पुम्सेमा प्रवलविक्रम बानियाँले प्रतिस्पर्धा गर्ने छन् ।
महिला एकल पुम्सेमा मुना खवास मगर र अनुजा राई, ४२ केजीमुनि विनिशा प्रधान, ५५ केजीमुनि अञ्जली लामा खेल्नेछन् ।टिम व्यवस्थापकमा अमरबहादुर श्रेष्ठ छन् भने कुमार लामा घिसिङले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।



निर्णायक घिसिङका अनुसार मकाउमा रहेका ओमप्रकाश खड्काले ८७ केजीमुनि र हङकङमा रहेका नोबेल गुरुङले ४८ केजीमुनिको सोही प्रतियोगितामा भाग लिनेछन् । उनीहरूको टोली प्रमुखमा मकाउमै रहेका नेत्रबहादुर तिमल्सिना छन् ।

Post a Comment

0 Comments