Header Ads Widget

Responsive Advertisement

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती । हार्दिक श्रद्धा सुमन 💐

 आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती । हार्दिक श्रद्धा सुमन 💐

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा कै दिन काठमाण्डौको डिल्लीबजारमा भएको हो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य सर्वाधिक चर्चित कृति हो । नेपाली साहित्यमा देवकोटा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक मानिनुहुन्छ ।
विसं २०१६ मा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनु भएको थियो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो ।
वि सं २०१६ सालमा संसारबाट विदा भएका यिनै महाकवीको आजको यो जन्मजयन्तिमा उहाँप्रति श्रद्धासुमन । भाषा, साहित्य र हाम्रा मूर्दन्य साहित्यकार तथा श्रष्टाहरू वहाँहरूको सृजनासंगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुञ्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् 🙏🏻

Post a Comment

0 Comments