जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई डाेल्पाकाे त्रिपुरासुन्दरी र ठुलीभेरि नगरपालिकाले आर्थिक सहयोग गर्ने !
हिमाली जिल्ला डोल्पाकाे छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई त्रिपुरासुन्दरी र ठुलिभेरि नगरपालिकाले आर्थिक सहयोग गर्ने भएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिकाले रु सात लाख पचास हजार रुपैयाँ र ठुलीभेरि नगरपालिकाले पाँच लाख सहयाेग गर्ने भएका छन् ।
बाला त्रिपुरासुन्दरी सांस्कृतिक महोत्सव २०८० काे चौथो दिन आईतबार त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले हजारौं दर्शक माझ सहयोगकाे घोषणा गरेका हुन् । भने ठुलि भेरि नगरपालिकाका नगर प्रमुख सुवर्ण कुमार बुढा आफै प्रतक्ष्य भुकम्प पिडित भएकाे ठाउँ जाजरकोट पुगेर याे विपत्तिमा थाेरै भएपनि राहत मिलाेस भनेर नगर पालिकाकाे तर्फबाट रु ५ लाख सहयाेग गर्ने घाेषणा गरेका हुन ।
यता त्रिपुरासुन्दरीका नगर प्रमुख रोकाय र नगरपालिका टिम आफै प्रतक्ष्य भुकम्प पिडित भएकाे ठाउँ जाजरकोट र रुकुम पश्चिम पुगी सहयोग गर्ने बताइएको छ । याे विपत्तिमा थाेरै भएपनि राहत मिलाेस भनेर दुइटै नगरपालिकाले सहयाेग गर्ने घाेषणा गरेका हुन ।
यहि २०८० कार्तिक १७ गते राति जाजरकोटकाे रामिडाडामा केन्द्र बिन्दु बनाएर आएकाे भुकम्पकाे कारण जाजरकोट र रुकुम पश्चिममा जनधनको अप्रिय क्षति भएकाे छ। विनाशकारी भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम हाल शाेकमा डुबेको छ।

0 Comments